0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,साउन ७/उदयपुरको चाैददण्डीगढी नगरपालिका बसाहाकाे एक हिस्सा अामसाल युवाहरू भन्ने नाराबाट सुरु भएको अामसाल नामक सामाजिक संस्था गठन भएको छ ।

२०७४ बाट सामाजिक संजाल बाट सुरु भएको सामाजिक संस्था अामसाल पब्लिक फन्ड नाम संस्थाले अहिले गाउँमै रहेका जिर्ण तथा संरक्षण विहित भएका मठ मन्दिर लगाएतकाे तार जाली बाट घेरा बेरा गर्ने अभियान थालेका छन् । २०७४ सालमा श्री चन्द्रकुमार राईको अध्यक्षतामा गठन भएको उक्त सामाजिक संस्थाले अामसाल  बासी सबैजसो युवाहरूलाई समेटिएको समेत अध्यक्ष राईले बताएका छन् । वैदेशिक राेजगारका लागी बिदेश गयकाे र गाउँमै रहेर सामाजिक काममा रुचि राख्ने सबै जसाे युवाहरू याे अामसाल सस्थामा अाउने लहरै चलेको अभियान्ता गाेविन्द श्रेष्ठले बताएका हुन् । अहिले बसाहा स्थिति श्री जलेश्वर महादेव मन्दिर परिसरमा ३०० मिटरसम्म डाेजर लागाएर बाटो निर्माण र मन्दिरले चर्चेको ३.५ कठ्ठा जग्गा सम्म्याउने काम सम्पन भईसकेकाे अध्यक्ष राईले जानकारी दिएका छन् ।

यस्तै विग्रदाे पर्यावरण लाई मध्यनजर गर्दै उक्त ३.५ कठ्ठा जग्गामा ३५० प्रजातिका वाेट विरुवाहरु समेत राेपिएका अध्यक्ष राई बताउँछन् । राईका अनुसार अहिले ८० हजार बराबरको तार जाली बाटो खन्ने वृक्षरोपण सम्पन्न भएको बताए साथै अागामी दिनहरूमा समेत विभिन्न जनचेतनामूलक कार्यक्रम मठ मन्दिर लाई सहयोग गरिने अर्का अभियान्ता गाेविन्द श्रेष्ठले बताएका हुन ।उक्त मन्दिर हिन्दु नारीहरुकाे महान चाड तिजकाे अबसरमा मन्दिर समितिलाई हस्तान्तरण गरिने अभियान्ता श्रेष्ठले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।