0 COMMENTS

कल्पना बाेहरा ,असार ७ अछाम/अछामको साफेबगर नगरपालिका ४ मा माल बाहक ट्रक दुर्घटना भएको छ । साफेबगरको छिपेखोला नजिकै दुर्घटना भएको हो । साफेबगरको छिपेखोला स्थित आचर्य ट्रेडसकाे ग्यास सिलिन्डर बोकेको से १ ख १५०१ नम्बरको माल बाहक ट्रक आचर्य ट्रेडस अगाडि घुमाउन खोज्दा ब्रेक नलग्दा दुर्घटना भएको हो ।

ट्रक दुर्घटना हुँदा स्थानीय रोशन राईको घर भत्किएको छ । ट्रक घरको छतमा चढेको थियो । दुर्घटना पछि जेसिबि, प्रहरी र स्थानीय युवाहरुको सक्रियतामा ट्रक बाहिर निकालिएको थियो । दुर्घटनामा मानबिय क्षेती भने भएको छैन । करिब २ घन्टा सम्म सडक अबरुद्ध हुँदा साफे-मङगलसेन, अछाम बाजुरा तथा साफे डोटी, डडेलधुरा लगयतका ठाँउहरुमा जाने यात्रुहरुले सास्ती बेहोरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।