0 COMMENTS

काठमाडौं ७ साउन, ।काभ्रेपलाञ्चोकको बनेपामा शुक्रबार एकै परिवारका चार जनाले आत्महत्या गरेका छन् ।बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।


आत्महत्या गरेका बुबा, आमा, छोरा र छोरी हुन् । आफन्तका अनुसार छोरीको बिहेका विषयमा विवाद हुँदा सो घटना भएको थियो ।इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरुको लाससँगै विषको बोतलसमेत फेला परेको छ ।प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । भित्रबाट ताल्चा लगाएर उनीहरुले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।