0 COMMENTS

कल्पना बाेहरा, अछाम, साउन ७/साफेबगर न पा वडा ३ शिध्देवर को वडा कर्यालय उद्घाटन तथा पदबाली कार्यक्रम सम्पन भएको छ । नव निर्वाचित वडा अध्यक्ष कृष्ण बुढा को अध्यक्षता भएको कार्यक्रमको प्रमुख अथिती सा न पाका मेयर कुल बहादुर कुवर रहनु भएको थियोे । प्रमुख अथितिको आसन बाट बोल्दै कुवरले केन्द्रीय निर्देशन अनुसार नगरपालिकाको बिकासको लागि मन्त्रालयबाट ढिलो गरि निर्देशन आएपनि त्योभन्दा अगाबै बिकासे खाका तयार पार्ने बताउनु भयो ।

यस्तै विशिष्ट अथिती उप मेयर बिर्मला बुढथापाले सबैले मिले मात्र वडा तथा नगर को बिकास हुने बताउनु भयो । कार्यक्रममा वडाले दिने सेवा सुसासन तथा पार्दसी ढंगले काम संचालन गर्न निर्वाचित पदाधिकारीहरु तथा कर्मचारी हरुलाइ स्थानीय सरोकारवालाले सुझाव समेत व्यक्त गर्नु भएको थियोे ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत बिस्णु प्रसाद न्यौपाने ने .का. का .महासमिति सदस्य राजन कुवर ने.का. साँफे नगर सचिव कृष्ण कुवर नेकपा एमाले साफे नगर अध्यक्ष हिक्मत कुवर नेकपा माओवादी प्रतिनिधि रङ्ग ठकुल्ला प्रभा धम्कोट उ मा का प्र अ जोगराज कुवर लगात स्थानीय सरोकारवाला हरुले नव निर्वाचित पदाधिकारी हरुलाइ स्वागत तथा शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

वडा नम्बर ३ का सचीव लछ्मी ढुंगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन सामाजिक परिचालक सर्मिला शाहले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।