0 COMMENTS
बासुदेब सेढाई

भनिन्छ तरवा्र भन्दा कलम बलियाे हुन्छ याे कुरा सत्य हाे । कलम भन्दा बलियाे कुनै बस्तु छैन । कलमले गरिब , निमुखा , असहायहरुकाे अावाज बाेल्दछ कलमले राष्ट्रिय एकता सार्वभौमसत्ता भाैगाेलिक अखन्डता देशकाे स्वाधिनता र स्वाभिमान काे रक्षा गर्दछ ।

कलमले हत्या हिंसा अातंक भ्रष्टाचार लुट ठगि तस्करि राष्ट्रघात साथै सामाजिक बिकृति बिसंगति बिरुद्ध युद्ध लडिरहेकाे हुन्छ । कलमले देशकाे बिकाश र सम्बृद्धिकाे खाका काेरिरहेकाे हुन्छ । कलमले सुसासन मानवअधिकार बिधिकाे शासन सामाजिक न्यायकाे पक्षमा बाेलिरहेकाे हुन्छ यदि कलम सत्यकाे पक्षमा न्यायकाे पक्षमा निडर भयर चल्न सक्याे भने मात्रै । अाज देशमा स्थानीय र राष्ट्रिय संचारमाध्यमहरु थुप्रै छन् ईनिहरु सबैकाे काम देशकाे सुरक्षा शान्ति र बिकाश काे पक्षमा सकारात्मक भुमिका निर्बाह गर्नु नै हाे । देश हाँक्ने कुरामा मिडिया एउटा ट्राफिक हाे जसरि ट्राफिक ले सडकमा गाडिहरुलाई ब्याबस्थापन गर्छ त्यसरि नै राज्य चलाउने संपूर्ण संयन्त्र काे ब्याबस्थापन मिडियाले गरेकाे हुन्छ ।

जाेसुकैले गरेपनि गलत कामकाे खवरदारि गर्ने र राम्रो कामकाे बढवा दिने काम मिडियाले गर्दछ । भ्रष्ट , दलाल , सामन्तहरुले जहिले पनि कलमलाई कमजाेर बनाउन चाहन्छन् । कलम कमजोर भयाे भने गलतधन्दा संचालन गरेर कमाई गर्न सकिन्छ । कलमलाई प्रलाेभनमा पारेर अाफुअनुकुल चलाउने वा त्यसाे गर्न नसके कलम भाँच्न समेत पछिनपर्नेहरु धेरै छन् यहाँ । विभिन्न चुनाैतिका बाबजुदपनि कलमले अाफ्नाे धर्म छाेड्नु हुदैन । पछिल्लो समय कलमप्रति अाम नागरिकको गुनासो बढ्न थालेको छ साथै चुनाैतिहरु पनि थपिएको छ । सु शासन , मानवअधिकार , बिधिकाे शासन काे नागरिकले महसुुस गर्ने गरि कलम चलाउनु पर्नेछ । कलमले भाेकाे पेट र नाङ्गो शरीर काे पक्षमा , निमुखाकाे पक्षमा , श्रमजीवीहरुकाे पक्षमा , गरिबी बेरोजगारीहरुकाे पक्षमा , नेपालीहरुकाे एकताकाे पक्षमा , सामाजिक सद्भावकाे पक्षमा अावाज उठाउनै पर्छ ।

संचार माध्यम मात्रै यस्तो संस्था हाे जसले निस्वार्थ तरिकाले निश्पक्ष तरिकाले देशकाे सेवा गर्दछ । देश सेवक , राष्ट्रका रक्षक पहरेदार हुन् संचारकर्मि । पछिल्लो समय संचारछेत्रमा पनि राजनीति हाबि हुदै गयकाे छ राजनीतिक दलहरुले संचार माध्यमलाई जनबर्गिय संगठनकाे रुपमा प्रयाेग गर्न थालेपछि संचारमाध्यम प्रति अामनागरिककाे बिश्वास कम हुन थालेकाे हाे दलैपिच्छे का संचार युनियन काे काम भनेकाे अाफ्नाे पार्टीको गल्तीकाे बचाउ गर्ने र प्रतिस्प्रधि पार्टीको खाेईराे खन्नु नै हाे यस्तो क्रियाकलापले संचारकाे मर्यादा , प्रतिष्ठा , सम्मान मा अाघात पुग्ने गरेको छ । समाचार सत्य तथ्य र निश्पक्ष हुनुपर्दछ ।

कुनै पनि राजनीतिक दलकाे बिचार संग सहमत या असहमत हुन सकिन्छ तर त्यसाे भन्दैमा पत्रकारिता काे गरिमा प्रतिनै अाँच अाउने तरिकाले समाचार बनाउनु गलत हाे । राज्यको चाैथाे अंग भनेपनि संचारकर्मिहरुकाे सेवा सुभिदा र सुरक्षाकाे बारेमा अनुदार छ । पत्रकार असुरक्षित हुदा , पत्रकारहरु अाफुले पाउने सेवा सुभिदा बाट बञ्चित हुदा निश्पक्ष समाचार प्राप्त गर्न सकिदैन । कमजाेर कानुन भयका देशहरुमा त झन् पत्रकारिता गर्नै अप्ठ्यारो छ । पछिल्लो समय छ्याप् छ्याप्ति खुलेका f m रेडियो , दैनिक पत्रपत्रिका , अनलाइन खवरहरुले दिने समाचारहरु कतिपय त भ्रमपुर्ण हुनेहुनाले नागरिकको बिश्वास पनि घटेकाे छ । सत्य समाचार सत्य तथ्य मा अाधारित निश्पक्ष समाचार प्राप्त पाउनु नागरिकको अधिकार हाे । राष्ट्रिय एकता , सार्बभौमसत्ता , भाैगाेलिक अखन्डता , नेपालीको एकता , स्वाधीनता , स्वाभिमान काे रक्षा देशकाे बिकास सम्बृद्धि काे लागि निश्पक्ष र निडर पत्रकारिता अाबश्यक छ जुन राजनीति स्वार्थ भन्दा माथि हुन्छ । ब्यक्तिगत स्वार्थ , दलिय स्वार्थ , पारिबारिक स्वार्थ भन्दा माथि उठेर देश र नागरिकको हितमा चल्ने कलम मात्रै वास्तविक पत्रकारिता हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।