0 COMMENTS

कल्पना बाेहरा ,असार ६ अछाम/यही साउन १ गतेदेखि फोटोसहितको नामावली दर्ता सुरु भएपछि अछाम जिल्लामा उत्साहजनक रुपमा नामावली दर्ता कार्य भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त निर्वाचन अधिकारी राम बहादुर माझिका अनुसार नाम दर्ता सुरु भएको दिनदेखीनै उत्साहजनक रुपमा स्थानियको सहभागिता बढिरहेको छ ।
निर्वाचन कार्यालयमा युवा देखि वृद्धवृद्धाहरु समेत आएर नामावलीमा नामदर्ता गराईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दर्ता गर्ने क्रममा बिहिवार मात्रै १८० जनाल नाम दर्ता गराएका कार्यालयका कम्प्यूटर अपरेटर एकेन्द्र बोगटीले जाँनकारी दिए । ५ औं दिन आज महिला ९३ र पुरुष ८७ जनाले नाम दर्ता गराएको उहाँको भनाई छ ।
साउन १ गतेदेखि सुरु भएको फोटोसहितको नामावली दर्तामा अछाममा बिहिवार सम्म ५९७ जनाले नाम दर्ता गराई सकेको उहाले बताउनुभयो । स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अध्यावधिक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।