0 COMMENTS

कल्पना बाेहरा ( ईमेज ) साउन ६ अछाम /नेपाली कांग्रेस जिल्लाकार्य समिती अछामको बैठक बिभीन्न निर्णय गदैैै सम्पन्न भएको छ । जिल्ला पाटी सभापति भरत कुमार स्वारको सभापतित्वमा भएको बैठकले २०७४ असार १४ गते सम्पन्न भएको दोस्राे चरणको स्थानिय तहको निर्वाचनमा जनताको अमुल्य मत प्राप्त गरी बिजयी हुनुभएका नगर प्रमुख, उपप्रमुख, गाउपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य हरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिने निर्णय गरिएको छ ।
यस्तै निर्वाचनलाई भयरहीत बाताबरणमा सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्ण सुरक्षा निकाय र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नुका साथै २०७४ असार १४ गते भएको स्थानियतहको निर्वाचनमा मतदाता नामावलीमा नाम छुट भएका र उमेर पुगेका मतदाताहरुको नाम मतदाता नामावलीमा मातहतका कमिटीलाई निर्देशन समेत दिएको छ । असार १४ गते भएको स्थानिय तहको निर्वाचनमा पाटीको आधिकारीक उम्मेद्धवारलाई सहयोग नगरी निर्वाचनमा असहयोग गरी पार्टीलाई अन्तरघात गर्ने नेपाली कांग्रेसका नेता कार्यकर्तालाई कारवाही गर्ने, स्थानिय तहको निर्वाचनको परिणामका विषयमा क्षेत्रिय, नगर, गाँउपालीका र वडा स्तरमा ब्यापक रुपमा समिक्षा गरी यही साउन २५ गते जिल्ला कार्यसमितीमा प्रतिवेदन पठाउन क्षेत्रीय कार्यसमितीलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले यही साउन ४ गते साफेबगर नगरपालीका वडा नम्बर ५ साबिकको नवाठाना निवासी गाबीस उपाध्यक्ष प्रसाद सिंह चाड र तुर्माखाद गाँउपालीका वडा नम्बर ५ साबीकको नाडा नीवासी नेपाली कांग्रेसका क्रियाशिल सदस्य भिम बहादुर शाहीका छोरा तीन बहादुर शाहीको सर्पको टोकाईबाट भएको निधन प्रति शोकप्रस्ताव पारित समेत गरेको छ ।
बैठकमा नेपाली काँग्रेस जिल्ला कार्यसमितीका पदाधिकारी लगायत नगर तथा गाँउपालिका प्रमुख र उपप्रमुखहरुको पनि उपस्थिती रहनु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।