0 COMMENTS

मर्चवार (रुपन्देही) ५साउन०७४/ बाबुसहित परिवारका सदस्यले स्थानीय बासिन्दासँग मिलेर बीच सडकमै किशोरीलाई गम्भीर यातना दिएको भिडयो भाइरल भएपछि प्रहरीले दोषीमाथि कारबाही थालेको छ ।

केही दिनअघि रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ डिहुलीका स्थानीय १९ वर्षीया मीना यादवलाई सार्वजनिकस्थलमै मीनाका परिवारका सदस्यसहित गाउँको ठूलो समूहले गम्भीर यातदान दिएको थियो । तर उक्त घटनालाई स्थानीय जनप्रतिनिधिहरुले प्रहरीकै रोहबरमा पीडित पक्षलाई जरिवाना तिराई पीडकलाई पुरस्कृत गरेका थिए ।

घटना भएको झण्डै दश दिनपछि निर्मम तरिकाले गाउँका ठूलो समूहले महिलामाथि कुटपीट जस्तो जघन्य अपराध गरेको भिडियो मिडियामार्फत सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाएको हो । सानै उमेरमा विवाह गरिएकी मीनाले स्थानीय युवनक दिनेश लोधसँग प्रेम गरेको भन्दै उनकै बाबु इन्नरसहित गाउँले सबै मिलेर निर्मम यातना दिएका थिए ।

महिलालाई गम्भीर यातना दिएको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न मीनका बाबु इन्नरलाई प्रहरीले पक्राउ गरेको छ । इन्नरसहित घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको मर्चवार प्रहरीले जनाएको छ । यसअघि दोषीलाई कारबाही नगरी मिलापत्र गरेको प्रहरीले इन्नर मानसिक रोगी भएकाले यसअघि छाडिएको भन्दै बचाउगरेको छ।सामाग्री ःराताे पार्टी डट कम

[view_video url=”xD5w_MOmKuU”]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।