0 COMMENTS

काठमाडौं, साउन ५ । दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचनकाक्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ ।

उत्कृष्ट कार्य गरेबापत् रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।उनले भने–‘रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दज्र्यानी चिह्न प्रदान गरिनेछ ।’गत असार १४ गते भएको मतदानकाक्रममा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेका थिए ।

बम फालेलगत्तै हवल्दार रानाले त्यसलाई तत्काल हातले समातेर सुरक्षित स्थानमा फाली जनधनको क्षति हुनबाट जोगाएका थिए ।त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानालाई फोन गरेर उनको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।