0 COMMENTS
बासुदेब सेढाई

कृषि छेत्रमा अाधुनिकिकरण , ब्याबशाहिकरण, यान्त्रिकरण हुननसक्दा नेपाली नागरिकहरुकाे अाकर्षण बढ्न सकेन परम्परागत तरिकाले खेतीपाती गर्दा लगानी भन्दा उत्पादन कमहुन थालेपछि याे छेत्रमा सबैकाे रुचि घट्दै गयकाे छ । लाखौंलाख युवाहरु देश बाहिर कडा परिश्रम गरिरहेका छन् तर अाफ्नाे जमिन बाँझै छाेडेर । देशले बर्षैपिच्छे अरबाैकाे खाद्यान्न बिदेशबाट अायात गर्छ जुन हाम्रो देशमा उत्पादन हुन्छ ।

पाखाे बारिमात्रै हाेईन उर्भर खेतहरुसमेत बाँझाे देखियकाे छ अाजकल । हाम्रो देशभने कृषिप्रधान हाे यहाका ९०% नागरिक कृषिपेशामा अाश्रित छन् भन्छाै हामी तर खाेई त उत्पादन ? बिकसित देशहरुमा ५% नागरिकहरुले उत्पादन गरेकाे खाद्यान्नले सिङ्गै देशलाई पुग्छ तर हामिमा त्यस्तो छैन । उन्नत बीउ , सिंचाइ , मल , अाधुनिक अाैजार यन्त्र र कृषिपेशाप्रति काे हाम्रो सकारात्मक दृष्टिकाेणले मात्रै कृषिमा हाम्रो उन्नति हुन्छ तर हाम्रो स्थानीय बीउ लाेप हुदै गयकाे छ एउटा सिंचाइ अायाेजना सम्पन्न हुन बर्षाै लाग्छ , प्राङ्गारिक मलकाे सट्टामा बिदेशि युरिया मलमा निर्भर भयका छाै , खेति गर्ने यन्त्र अाैजार परम्परागत छन् र कृषिपेशाप्रतिकाे हाम्रो हेराई गलत छ ।

बिदेशी भुमिमा जस्तोसुकै काम गर्न हामी तयार हुने तर स्वदेशमै पसिना बगाउन लाज लाग्छ । हामी नेपाली अाफ्नाे भाषा , धर्म , संकृति , माैलिकता , परम्परा , रितिरिभाज छाेडेर बिदेशी भुमिमा पसिना बगाउदै छाै । नेपाली समाज एकातिर राेजगारि काे लागि बिदेशमुखि भईरहदा देशकाे उत्पादन भने घटेकाे छ ।सरकारकाे कृषि मा युबाहरुलाई अाकर्षित गर्ने नीति अाउन नसक्दा यस्तो अबस्था अायकाे हाे । नयाँ सम्बिधान जारि संगै स्थानीय निकायकाे निर्वाचन भयपछि नयाँ जनप्रतिनिधि ले अब स्थानीय स्तरमा राेजगारि सृजना गर्नकाे लागि कृषि छेत्रमा ध्यान दिन जरुरी छ । एक गाउँ एक खेति , ब्याबशाहिक खेति , अाधुनिकिकरण र यान्त्रिक करणमा खेति , मल बीउ सिंचाइ मा जाेड बजारमा ब्याबस्थापन , कृषि बस्तुकाे मुल्य निर्धारण , कृषकहरू लाई सहुलियतपूर्ण ऋणको ब्याबस्था अादिमा ध्यान दियर कृषिमा अात्म निर्भर बनाउने साथै स्थानीय स्तरमा राेजगारिकाे सृजना गर्नु अाबस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।