0 COMMENTS

काठमाडौं ५ साउन ०७४ /विवाद र बहिष्कारकाबीच सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकस्थल परिवर्तन भएको छ । बुधबार नयाँ बानेश्वरको एक व्याङकेटमा सुरु भएको बैठक आज भने बालुवाटारको आम्रपाली व्याङकेटमा राखेको हो ।

बैशाख ३१ र असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले भोगेको लज्जास्पद पराजयको समिक्षा, आगामी माघ ७ भित्र हुने संसद र प्रदेश सभाको निर्वाचन, पाटीभित्रको संगठन सुदृढिकरण लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकको बन्दसत्रमा नेताहरुबाट प्रस्तुत विभिन्न प्रतिवेदनहरुमाथि छलफल हुनेछ ।

यसअघि उद्घाटन सत्रमा पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्र, महामन्त्री धु्रवबहादुर प्रधानले प्रस्तुत गरेको स्थानीय तह निर्वाचनको प्रारम्भिक समिक्षा, महामन्त्री जयन्त चन्दको सभिवालय प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि बन्द सत्रमा छलफल हुने राप्रपाले जनाएको छ ।

बन्दसत्रमा आमन्त्रितसहित झण्डै दुई सयको हाराहारीमा सहभागि रहेका केन्द्रीय सदस्यहरुमध्ये अधिकांशले आफ्नो धारणा राख्ने मनशाय राखेको राप्रपाले जनाएको छ । बिहीबारमात्रै दुई दर्जन बढिले धारणा राख्न आफ्नो नाम लेखाएका छन् ।

तर, बैठकको उद्घाटन सत्र नै बहिस्कार गरेका पार्टीका बरिष्ठ र शीर्ष नेताहरु भने बन्दसत्रमा पनि सहभागि भएका छैनन् ।

बन्द सत्रमा पनि बरिष्ठ नेताहरु लोकेन्द्र बहादुर चन्द, पशुपति शम्सेर राणा तथा बिश्वबन्धु थापा, नवराज सुबेदी, हरीबहादुर बस्नेत, रामकुमार सुब्बालगायतका नेताहरु आजको बैठकमा पनि अनुपस्थित भएका छन् ।

बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुले चौथो स्थानमा रहेको राप्रपाले स्थानीय निर्वाचनमा भोगेको पराजयको मुल कारण पार्टी नेतृत्वको कमजारी, पार्टीमा देखिएको विवाद समाधानमा नेतृत्वको उदासिनता, नेतृत्व संगठन निर्माणभन्दा सत्ताको मोहजालमा फसेको तथा पार्टीको मुल नीतिलाई पन्छाउदै लगेको भन्दै असन्तुष्टि व्यक्त गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।