0 COMMENTS

रमिला बस्नेत,उदयपुर,साउन ५/ उदयपुरको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ७० करोड बराबरको बजेट तथा कार्यक्रमको तयारी गरिएको छ ।

नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत नगरपालिकालाई सशर्त र निःशर्त अनुदान गरी ६८ करोडबराबरको बजेट विनियोजन भई परिपत्र आएको छ । यस्तै आन्तरिक आम्दानीको रूपमा कर सङ्कलनबाट करीब २ करोड गरी ७० करोड बजेट ल्याउने तयारी गरिएको नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए ।

नगरक्षेत्रको विकासका लागि अन्य दातृ निकायसँग समेत सहकार्य अगाडि बढ्ने अनुमान गरिएकाले यो बजेटमा केही हेरफेर हुन सक्ने रिजालको भनाइ छ । जनप्रतिनिधिहरूको व्यवस्थापन भएपछि दातृ निकायहरू पनि सकारात्मक हुने सङ्केत देखिएको उनले बताए । विगतमा १७ वडा रहेको यस नगरपालिकामा स्थानीय निकायको पुनःसंरचनाअन्तर्गत तीनओटा गाविस थप गरी हाल १६ ओटा वडा कायम छ । नदीनाला, वनजङ्गल, खनिज, कृषि, जमीन आदि स्रोतको उपलब्धता राम्रो रहेको यस नगरपालिकाले हाल ३० वर्षीय गुरुयोजनाको तयारीसमेत गरेको नवनिर्वाचित मेयर बलदेव चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।