0 COMMENTS

कल्पना बाेहरा,अछाम ५ साउन/अछामकाे दर्ना स्थित कैलासखोलामा बनेको सडक पुल अवको एक महिनाभीत्र सञ्चालन हुने भएको छ । निर्माण सम्पन्न भएको लामो समय भईसक्दा पनी पुलवाट यातायात सञ्चालन हुन नसकेको अवस्थामा स्थानिय तहमा जनप्रतिनिधी आईसकेपछि पुल सञ्चालन हुने भएको हो ।

रामारोशन गाँउपालिका, बान्नगिढी जयगढ गाँउपालिका र मंगलसेन नगरपालिकाको संयुक्त पहलमा पुलको वारी पारि पखेटा निर्माण, ह्युम पाईप राख्ने र आवस्यक पर्खाल र तारजाली हालेर साउन महिनाभित्रै यातायात सञ्चालन गर्ने ३ वटै स्थानिय तहबिच समझदारी भएको छ । उक्त काम गर्नका लागि आवस्यक पर्ने बजेट ३ वटै तहले १०÷१० लाखका दरले ब्यावस्था गर्ने सहमती भएको रामारोशन गाँउपालिकाका अध्यक्ष झंकर साउद भास्करले बताँउनुभयो ।

तिनवटै तहवाट बजेट सुनिश्चितता गरि ३÷४ दिनभित्रै काम सुरु गरिने अध्यक्ष साउदको भनाई छ । उक्त पुलको बाँकी काम सम्पन्न गरि रामारोशन गाँउपालिका, बान्नीगढी जयगढ गाँउपालिका र मंगलसेन नगरपालिकाका नागरिकलाई वर्षातको समयमा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य गरिने ३ वटै तहका जनप्रतिनिधीले बताएका छन ।
यस अगि पक्कि पुल तत्कालिन जिल्ला विकास समितीले मार्फत निर्माण भएकाले अधुरो काम पुरा गर्न आवस्यक डिजाईन स्टमेट र प्राविधिक सहयोग जिल्ला समन्वय समितीले उपलब्ध गराँउने स्थानिय विकास अधिकारी तोयानारायण सुवेदीले बताए ।

उक्त पुल निर्माण भएर यातायात सञ्चालन भएपछि रामारोशन गाँउपालिकाका २० औं हजार जनता र बान्नगिढी गाँउपालिका तथा मंगलसेन नगरपालिकाका स्थानियलाई पनि निक्कै सहज हुने देखिएको छ । पुल निर्माण सम्पन्न भएपनि पुल वारी पारि सडक जोड्ने गरि काम हुन नसक्दा उक्त पुल हेर्न पनि सिढी चढ्नुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।