0 COMMENTS

रमिला बस्नेत ,उदयपुर साउन ५ /बेलका नगरपालिकामा भएको मतगणना सम्बन्धि विवादमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बेलका नगरपालिकाको वडा नम्बर ४ मा भएको खसेका भन्दा बढि मतपत्र भेटिएको बारे दायर रिटमा उच्च अदालत विराटनगर अस्थायी अदालत ओखलढुंगाले विपक्षीलाई कुनै काम नगर्न नगराउनको लागि अन्तररिम आदेश जारी गरेको हो ।

वडा नम्बर ४ मा एक हजार ७ सय ४८ मत खसेकोमा मतगणना गर्दा एक हजार ७ सय ५१ मत फेला परेपछि विवाद सृजना भएको थियो । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार मनोज तामाङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै वडा नं ४ का विजयी उम्मेदवारहरुलाई कुनै पनि काम गर्न नगराउन अन्तरिम आदेश जारी भएको उच्च अदालतले जनाएको छ । उच्च अदालतका मुख्य न्यायधिस टेकराज नेपालको एकल इजलासले मंगलबार अन्तरिमकालिन आदेश जारी गरेको हो ।

अदालतले साउन १८ गते विपक्षीहरुलाई छलफलको लागी बोलाएको छ । अदालतबाट अर्को आदेश नभएसम्मको लागि विपक्षी वडा नम्बर ४ का विजयी उम्मेदवार दिपक दंगाल लगाएत ४ जना सदस्यहरुलाई कुनै कामकाज नगर्न नगराउन विपक्षीको नाममा आदेश गरेको निवेदक मनोज तामाङले बताए । निवेदक तामाङले निर्वाचन वदर गरि पुनः मतदान गरि पाउँ भनि दिनु भएको मुद्दामा निर्वाचन आयोग कान्तिपथ, मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाट, निर्वाचन अधिकृतको कार्यालय बेलका नगरपालिका, निर्वाचन अधिकृत हरि प्रसाद पोखरेल, मतदान अधिकृत जनता मावि गुरुङचौरी, र श्याम नारायण पण्डित मतदान अधिकृत जनता मावि गुरुङचौरीलाई विपक्षी बनाईएको छ ।

त्यसैगरी मेयरका विजयी उम्मेदवार दुर्गा कुमार थापा, उपमेयरका उम्मेदवार रिता कुमारी चौधरी, विजयी वडा अध्यक्ष दिपक दंगाल, सदस्य कृष्ण बहादुर पुर्वाछाने, टंक अधिकारी, महिला मिना आचार्य र दलित महिला सदस्य गोमा विश्वकर्मा समेत १३ जनालाई विपक्षी बनाईएको छ । अन्तरिम आदेशमा विपक्षीहरु निर्वाचन आयोग लगायतका मतदान अधिकृतसम्मले उच्च अदालत सरकारी वकिल कार्यालयमार्फत र अन्य विजयी मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुको हकमा आफै उपस्थित भई वा आफ्नो कानुन व्यवसायी मार्फत उपस्थित हुन आदेश गरेको अधिवक्ता रामबहादुर थापामगरले बताए । रिट निवेदनको पक्षमा अधिवक्ता मोहन इङनाम, सतिस मैनाली,रामबहादुर थापा मगर र हर्क बहादुर राईले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।