0 COMMENTS

सिन्धुली ५ साउन०७४/ सिन्धुलीको सुनकोसी गाउँपालिका–४ कोटगाउँमा बुधबार साँझ मिनिट्रक दुर्घटना भएको छ ।

मिनिट्रक दुर्घटना हुँदा साविकको झाँगाझोली रातमाटा गाविसका पूर्व गाविस उपाध्यक्ष अन्दाजी ५० वर्षीय तीर्थबहादुर थापाको मृत्यु भएको स्थानीय कौशल कोइरालाले जानकारी दिए ।

उकालोमा मिनि ट्रकले लोड तान्न नसकेपछि चालक र सहचालक शौच गर्न गएको र अचानक मिनिट्रक ओरालोमा गुडी १०० मिटर तल खस्दा दुर्घटना भएको थियो । मृतक थापासँगै ट्रकमा रहेका अर्का व्यक्ति भाग्न सफल भएको स्थानीयको भनाइ छ ।

गिट्टी लिएर जाँदै गरेको बा ४ ख ३६१३ नम्बरको मिनिट्रक दुर्घटना भएको सितलपाटी–४ का वडा अध्यक्ष शंखर जर्गामगरले जानकारी दिए । दुर्घटनामा ट्रकमा सवार अरु घाइते नभएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।