0 COMMENTS

चरिकोट ,४ साउन /जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता भएको ६ बर्षिया बालिकालाई बलत्कार गरेको मुद्धा गाउँमै नमिलाए खानेपानीको लाईन काटिदिने चेतावनी दिएको पिडित परिवारले बताएका छन् ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थित मकैबारीमा ६ बर्षिय बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ परेका ८४ बर्षिय रघुनाथ सुबेदीको मुद्धा फितलो र कमजोर पार्न गाउँका टाठाबाठा लागेको र आफ्नो परिवार र छोरीले न्याय नपाउने भन्दै पिडित बालिकाका बाबु न्याय माग्न सदरमुकाम चरिकोट आएका छन् । उनलाई पिडक पक्षका केही मान्छेहरुले खानेपानीको लाइन काटिदिने लगाएतका अन्य धेरै त्रास देखाएको पिडित बालिकाका बाबुले चिन्तित हुदै भने ।

गत असार २५ गते सुबेदीले बालिकालाई जबरजस्ति करणी गरे पनि बालिकाले २६ गते बुबालाई आफ्नो दुबै यौन अंग दुखेर रोईकराई गरेपछि के भयो भनी सोधखोज गर्दा उनले बा आमालाई सबुेदीले गरेको कार्यको घटनाको बेलीबिस्तार  लगाएकी थिइन् । योगी थरका पिडित बालिकाका बाबुलाई स्थानिय र उनकाआफन्तले गाउँघरको घटना हो गाउँमा नै मिलाउनु पर्ने भन्दै दबाब दिएपछि उनी न्याय खोज्न चौकीधाउनु परेको बताए ।

उनले जिल्लाप्रहरी कार्यलय दोलखामा जबरजस्ति करणी गरेको आरोपको मुद्धा दर्ता भएदेखि नै बिभिन्नखाले दबाब आएको र आफुलाई मानसिक तनाबदिएको उनको भनाई रहेको छ । छोरीलाई बलत्कार गरेर अन्याय त गरिरहेका छन् नै तैपनि मिलाउन दबाब दिएर अन्याय गरेको र गाउँका बुद्धिजिबिहरुनै यो घटना लुकाउन लागिपरेको बालिकाको उनको गुनासो छ ।
उनका अनुशार घटना गाउँमै मिलापत्र गरे परिवारलाई डेढ देखि दुई लाख सम्म रकम उपलब्ध गराउने र बयान परिबर्तन गराई मुद्धा फितलो र कमजोर पारिदिन दबाबमुलक आग्रह गरेपनि उनले अस्विकार गरेको बताए । आफ्नी काखकी छोरीलाई बलत्कार गरेको घटना बाहिर आएपछि प्रहरीलाई खबर गर्न नपाउँदै सुबेदी फरार भएको र उजुरी पछि प्रहरीले काठमान्डौको कोटेश्वरबाट पक्राउगरि ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यलय दोलखाका अनुशार पिडित बालिकालाई गाउँनजिकैको मन्दिरको कुटीमा लगेर लहरे आँपखुवाउने भन्दै सुबेदीले करणी गरेको र फरार अबस्थामा काठमान्डौ कोटेश्वरबाट पक्राउ गरि ल्याएर कारबाहिप्रक्रिया अगाडी बढाएको जनाएको छ । दोलखाका प्रहरी प्रमुख प्रहरी नायबउपरिक्षक रामेश्वर कार्कीले पीडितलाई मुद्धाका बारेमा राम्रो जानकार नभएका कारण दबाब दिएर मिल्छ भन्ने डर माने पनि प्रचलित कानुन अनुसार दोशीउपर कारबाहि प्रक्रीया अगाडी बढाएको बताए ।

दोलखामा क्रियाशिल अधिकारकर्मीहरुले भने कसैको दबाबको आधारमा न्यायीक निकायले मुद्धा कमजोर गरे संघर्षमा उत्रने चेतावनी दिएका छन् । नेपाल मानबअधिकार संगठन दोलखाका अध्यक्ष दीपशंकर चौलागाइ महिला अधिकारकर्मी सिर्जना कार्की लगाएतले घटनालाई कमजोर नसोच्न आग्रह गर्दै न्यायीक निकायलाई निर्धक्क भएर अनुसन्धान गरी पिडितलाई न्याय दिलाउन अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।