0 COMMENTS

काठमाडौं ४ साउन०७४/ मृत शालक र संरक्षित वन्यजन्तुको छालासहित प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा, मेलुङ गाँउपालिका–१ बाख्रेछाप बस्ने ४० वर्षीय कृष्ण भन्ने खम्बबहादुर लकाई र ललितपुर महानगरपालिका–१५ बस्ने सर्लाही, बाग्मती नगरपालिका–५ का ४४ वर्षीय रमेश राई भन्ने भागीरथ राई रहेका छन् ।

संरक्षित वन्यजन्तु शालक तौल ८ किलो ४ सय ग्राम मृत अवस्थामा खरिद बिक्री गर्न भनी ओसारपसार गरी ल्याएको समयमा काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित शिवमन्दिरको परिसरबाट प्रहरीले मृत शालकसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालई आवश्यक कानूनी कारवाहीको लागि बुधबार जिल्ला वन कार्यालय, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका–१५ साङपाङ चोकबाट संरक्षित वन्यजन्तु झारलको जस्तो छाला १ थान सहित निज भागीरथ राईलाई व्यूरोको प्रहरीले बुधबार पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तीवन, ललितपुरमा बुझाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।