0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,साउन ४ /प्रहरीको सकृयतासँगै लागूऔषध कारोवारी र सेवनकर्ताको संख्या घटनुकाे सट्टा उल्टै बढेपछि सरोकारवालाहरु चिन्तित देखिएकाछन् । मंगलबार सदरमुकाम गाईघाटमा लागूऔषध नियन्त्रणको क्षेत्रमा जिल्लामा कृयाशिल करुणा सामुदायिक हेरचाह केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि त्रियुगा नगरपालिकाका प्रमुख तथा १६ वटै वडाका प्रमुखहरुले चिन्ता व्यक्त गरेका थिए।

प्रेदशनम्बर १ का १४ जिल्लामा उदयपुर लागुऔषधको हिसावले पहिलो जिल्लामा पुगेको तथ्यांकले देखाएपछि सराेकारवालाहरु चिन्तित देखिएका हुन् । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेव चौधरीले लागुऔषध ओसारपसार र सेवन न्युनिकरणका लागि सुरक्षा निकायसँग आबश्यक समन्वय गरी यसको रोकथामका कार्ययोजना अगाडी बढाइने बताए ।

लागुऔषध भित्र्याउने र उर्वरशक्ति बोकेका युवालाई लठ्ठै बनाएर सुताई राख्ने र नेपाललाई केहि गर्न नदिई ध्वस्त बनाउने विदेशीको योजना रहेको चाैँधरिका दावि छ । चौधरीले लागुऔषध नियन्त्रणका लागि अली बढि घरपरिवार जवाफदेहि बन्नु पर्ने र परिवारबाटै मनोविमर्श आबश्यक रहेको बताए। वडाध्यक्ष प्रकाशकुमार खड्काले लागुऔषध कारोवारी र सेवनकर्तालाई न्युनिकरण गरी सुसँस्कृत नागरिकसहितको समृद्ध नगर बनाउन आबश्यक रहेको बताउछन।

त्यस्तै वडानं १२ का वडाध्यक्ष जयविक्रम राईले लागुऔषध कारोबारी कुनै न कुनै पार्टीको हुने भएकाले पक्राउ पर्न साथ छुटाउनका लागि प्रहरीलाई नेताहरुले दवाव दिने गरेकाकारण पनि यस्ता घटना न्युनिकरण हुन नसकेको बताउछन् । सहभागि अन्य वडाध्यक्षहरुले लागुऔषध नियन्त्रणका लागि आआफ्नो वडामा कार्ययोजना बनाई अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा करुणा सामुदायिक हेरचाह केन्द्रकी अध्यक्ष निरा राईले लागुऔषधको क्षेत्रमा जिल्लाको जर्जर अबश्था रहेकाले न्युनिकरणका लागि अभियानको थालनी भईरहेकाे बताइन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।