0 COMMENTS

गाईघाट (उदयपुर), ४ साउन/ एक हप्तादेखि यता आएर जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ ।

पचास सैयाकाे अस्पताल रहेको जिल्ला अस्पताल उदयपुरमा अहिले बिरामीको चाप ह्वात्तै बढेपछि बिरामी लार्इ बेडपाउनै मुस्किल परीरहेकाे र   बेडमा बिरामी राख्ने ठाउँ नभएर अन्यत्र र भुइँमा समेत राखेर उपचार गर्न बाध्य परेको कुरा जिल्ला अस्पताल मेडिकल शाखाका प्रमुख डा विशाल देवले बताउनुभएको छ ।

जिल्ला अस्पताल उदयपुरका अनुसार अहिले दैनिक ६० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार तथा भर्ना गराउन आर्इरहेकाे कुरा जानकारी गराएका छन । 

इमरजेन्सी (आकस्मिक) फाँटदेखि जनरल बेड सबै भाइरलका बिरामीले भरिभराउ भएपछि अन्य उपचारका लागि आएका बिरामीलाई समेत बेड व्यवस्थापन गर्न समस्या रहेको समेत अस्पताल प्रशासनले समेत बताएको छ ।

अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डी नगरपालिकासहित सुनकोशी र रौतामाई तथा उदयपुरगढी गाउँपालिका क्षेत्रमा समेत व्यापक भाइरल ज्वरो फैलिन थालेपछि जिल्ला अस्पताल उदयपुरमा बिरामीको चाप ह्वात्तै बढेको कुरा अस्पताल प्रशासनले बताएको छ ।

भाइरलका कारण अधिकांश बिरामी शुरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने र एक्कासि ज्वरो आउने गरेपछि धमाधम जिल्ला अस्पतालमा उपचारका लागि आउन पर्ने बाध्यता भएको उदयपुरगढी गाउँपालिका–५ का एक बिरामीका आफन्त कुमार गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।