0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,साउन ४/चौदण्डीगढी नगरपालिका बेल्टार वडा न. ७ स्थित प्राथमिक स्वास्थ केन्द्र बेल्टारमा पोस्टमार्टम (शवपरीक्षण) संचालनमा ल्याइएको छ।

बेल्टार प्राथमिक स्वास्थ केन्द्र संचालक समितिको गत श्रावण १ गते बसेको बैठकबाट अप्राकृतिक रुपमा हुन आउने मृत्युको घटना भएको शवको पोस्टमार्टम (शवपरीक्षण) गर्नका लागि आवश्यक पुर्वाधार तय भै सकेको हुँदा नगरपालिका स्थित सम्पुर्ण सरोकारवाला निकायहरुमा जानकारी गराई आज संचालक समितिको अध्यक्ष श्री भुवन श्रेष्ठको अध्यक्षतामा बसेको संचालक समितिको बैठकमा नगरपालिकाका मेयर श्री खगेन्द्र राई, चौदण्डीगढी नगरपालिका वडा न .७ का वडा अध्यक्ष श्री तेजराज तिम्सिना र वडा न. २ का वडा अध्यक्ष श्री संतोष सुवेदी ,ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक श्री आशाराम चौधरी, सशस्त्र प्रहरी सुरक्षा बल बेसक्याम्प का स,प्र ,नि,गढेश दत्त पाण्डे ,बुद्धिजीवी ,लगायतका महानुभावहरुको उपस्थितिमा गरिएको निर्णयले संचालनमा ल्याएकाे हाे ।

पहिले पोस्टमार्ट्म (शवपरीक्षण) गर्नका लागि उदयपुर जिल्ला सदरमुकाम गाइघाट स्थित जिल्ला अस्पतालमा पु-याएर शव ल्याउने गरिन्थ्यो अब भने बेल्टार बजारमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।