0 COMMENTS

काठमाडौं ४साउन०७४/चर्चित गायक बद्रि पंगेनी पक्राउ परेका छन् । गएराति उनीसहित ११ जना पक्राउ परेका हुन् । काठमाडौंको बाँसबारीमा जुवा खेल्दै गरेको अवस्थामा होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ४ हजार रुपैयाँ र तास बरामद गरेको छ । थप अनुसन्धानका लागि पंगेनी सहित ११ जनालाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरी प्रहरी वृत्त महाराजगञ्जका डिएसपी गोविन्द पुरीले जानकारी दिए । गायक पंगेनी लोकदोहोरी प्रतिष्ठानको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।