0 COMMENTS

रमिला बस्नेत , उदयपुर , साउन ४/उदयपुरको बेलका नगरपालिका वडा न,५ रामपुरमा चट्याङले एक महिलाको ज्यान गएकाे छ। बुधबार विहान ८:३० बजे  पानी सगै परेको चट्याङले लागी स्थानीय मेरिना गिरीको मृत्युु भएको हाे । यस्तै गिरीका श्रीमान संदिप गिरी समेत चट्याङ लागी घाइते भएका छन् । २५ वर्षिय मेरिना गिरीको भने टेलरिङ्गकाे काम गर्दा गर्दै चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको हाे । गिरीका एक वर्षका दुधे नावालक रहेका छन् । मृतकका  श्रीमान  भने सामान्य घाइते भएको कारण अहिले उनकाे घरमै समान्य उपचार भईरहेकाे । प्रत्यक्षदर्शी स्थानीय भरत घिमिरेले  जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।