0 COMMENTS

काठमाडौं, ४साउन ०७४/ महालेखा नियन्त्रणको कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ ।

सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा (हस्तलिखित) राजस्व ब्यवस्थित गर्न विदेशस्थित नेपाली नियोगहरुलाई निर्देशन दिएको छ ।

महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए ।कर्मचारीको विदेश भ्रमण र सफ्टवेयर विकासमा लाखौं रुपैंयाँ खर्चेर सन्चालनमा ल्याइएको सफ्टवेयर आठ महिनामै विग्रेपछि नेपाली नियोगलाई राजस्व सम्बन्धी हिसाब राख्न अहिले अफ्ठ्यारो परेको छ ।

केही नियोगले ‘अनलाइन इन्ट्री’ गरिसकेको हिसाबको विल सुरक्षित नराखेकाले पुनः हिसाब देखाउन कठिन हुने परराष्ट्र स्रोतले बतायो । -नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।