0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,साउन ३;उदयपुरकाे चाैदण्डी नगरपालिका वडा न.५. बेलीका बालबालिकाहरु पढाइ खर्च जुटाउन त्रियुगा नदिमा दैनिक डुङ्गा चलाउछन। १३ बर्षिय कक्षा ६ मा अध्यनरत बालक बिक्रम चाैँधरि त्रियुगामा नदिमा संचालित डुङ्गामा ज्यालादारी काम गर्छन् ।

त्यस्तै १२ बर्षिय शत्यनारायण ६ र १५बर्षिय अर्जुन नेपाली कक्षा ८मा अध्यनरत बालक काे पिडा पनि त्यस्तै छ। ठेकेदार बिष्णु माझी र सहकर्मी शिबनारायण माझी २०४०देखि हालसम्म उक्त पेसामा सँलग्न रहेको बताउँछन् । शिबनारायण भन्छन् “२बर्ष अगाडि पछवरि टाेलबाट उक्त डुङ्गा रु ५० हजारमा खरिद गरि ल्याएको हाे। उक्त डुङ्गा दिनमा कमाई हुदा ,३,४, हजार हुने त कहिले हुदै नहुने पनि गर्छ। एक ब्यक्तिलाई नदि तार्दा रु२० र बाईक तारेकाे रु १५० रुपैयाँ लिन्छाैँ। भाग्यवस अाज सम्म दुर्घटना भने भएको छैन ।

ठेकेदार बिष्णु माझी भन्छन् विषेश गरि सुन्दरपुर ,हडिया,सप्तरी र बेल्टारका ब्यापारी ,कर्मचारी, बिध्यार्थि र शिक्षकहरू अाउछन । अाफ्नो दु:ख पोख्दै १२ बर्षिय सत्यनारायण भन्छन् ,बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म नै काम गर्छाैँ।बुबा ,अामा अरुको बनी गर्नुहुन्छ ,बुबाअामाले कमाएकोले मात्र पढ्न र खान पुग्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।