0 COMMENTS

भोजपुर३ असार ०७४/ भोजपुरमा ११ वर्षीया बालिका गर्ववती बनाएर अलपत्र पारेका दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय श्रेष्ठलाई प्रहरीले धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा जबरजस्ती करणी अन्तरगत मुद्धा दायर गरिएको छ ।

भोजपुरको पुर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षीया बालिका गर्भवती भएपछि उनका बाबुआमाले श्रेष्ठको जिम्मा लगाए पनि उनले झापामा लगेर विचल्ली पारेर छाडेका थिए । भर्ववती भएकी बालिकालाई केटा र केटीको सहमतिका नाममा परिवारले समाज भेला बोलाएर केटाको जिम्मा लगाएको थियो ।

प्रहरीले अनुसन्धानपछि बालिकासँग ती युवाले २०७३ पुस ९ गते शारीरिक सम्बन्ध राखेको खुलेको छ बालिका स्थानीय पञ्चकन्या आधारभुत विद्यालयमा अध्ययनरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।