0 COMMENTS

मकवानपुर, ३ साउन०७४/ मकवानपुरको थाहा नगरपालिका–१ खानीगाउँमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् ।

डाँडाबासको पकनीबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४५६७ नम्बरको यात्रुबाहक बस खानीगाउँमा सडकबाट झण्डै एकसय मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा कैलाश गाउँपालिका-६ गोगनेकी ३५ वर्षीया कमला दोङ र डाँडाखर्क- ३ बस्ने ३० वर्षीय कुन्साङ लामा (तामाङ)को ज्यान गएकाे हो ।

दोङको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा र तामाङको उपचार गर्न काठमाण्डौ लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी बामदेब गौतमले बताए । घाइते मध्ये १८ जनालार्ई उपचारका लागि काठमाण्डौ लगिएको छ भने १६ जना घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।