0 COMMENTS

काठमाडौं, ३ साउन०७४ /टोखा नगरपालिका–७ खरिबोट बस्ने २४ वर्षीय अशोक नेपाली, काठमाडौं महानगरपालिका–१४ लिङकमार्ग बल्खु डेरा गरी बस्ने उदयपुर बेलटार–६ घर भएकी ४६ वर्षीया कौशिला योगी र भक्तपुर बालकोट डेरा गरि बस्ने धनुषा नगरपालिका–३ क्याम्पस चोक घर भएका २४ वर्षीय पंकज ठाकुरलाई प्रहरीले विभिन्न लागू औषध सहित सोमबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत महाराजगंजबाट खटिएको प्रहरी टोलीले अशोक नेपालीको कोठमा खानतलासी गर्दा लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र नोर्फिन ७ एम्पुल फेला पारेको थियो । पक्राउ परेका नेपालीले दिएको सूचनाको आधारमा योगीको कोठामा तलासी गर्दा ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल नोर्फिन र ठाकुरको कोठाबाट १ सय एम्पुल डाईजेपाम, १ सय एम्पुल फेनारगन र १ सय एम्पुल नोर्फिन बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।