0 COMMENTS

कल्पना बोहरा ,साउन ३ अछाम/सुदुर पश्चिमका ३ जिल्लाबाट १०५ जना मानिस हराएको तथ्यांक सार्वजनिक गरीएको छ । अध्ययन अनुसार हराएका तथा बेपत्ता भएका व्याक्तिहरुको तथ्यांक संकलन तथा सर्वेक्षण अनुसार पैसा कमाउन भारत जाने र गएपछि सम्पर्क बिहीन भई नर्फकिने गरेको पाईएको हो ।

अछामको साँफेबगर नगरपालिका डोटी जिल्लाका साविकका सानागाउँ, काडामाण्डौ, रानागाउँ, खातीबाडा, दर्गामाण्डौ र छतीवन गाविस र कञ्चनपुरको भिमदत्तनगरपालिका र बेतकोट नगरपालिकामा राष्ट्रिय बातावरण तथा समविकास समाज निड्स नेपालद्धारा सञ्चालित आप्रवासन कामदारहरु र मानव बेचविखन प्रभावित अधिकार संरक्षण तथा सम्बर्धन र सामाजिक सेवामा पहुँच विस्तार परियोजनाको समिक्षा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरीएको हो । तीन जिल्ला मध्ये अछाममा ३ महिला २७ पुरुष, डोटीमा ३ महिला ४४ पुरुष र कञ्चनपुरमा २ महिला २६ पुरुष हराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।