0 COMMENTS

गोरखा ३ साउन ०७४/ भूकम्पपीडितलाई ४० दिनसम्म बाटो खनाएर विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले उत्तरी गोरखामा कुहिएको दाल, चामल वितरण गरेको गरेको छ ।

डेढ महिना अघि कामका लागि खाद्यन्न कार्यक्रम’ अन्तर्गत सिर्दीबास र उहियाका स्थानीयलाई बाटो खनाएको थियो । सोवापत  सोमबार सिर्दीबास र उहियामा वितरण गरेको दाल र चामल कुहिएकोे स्थानीयले बताएका छन् ।

‘चामलभन्दा दाल बढी कुहिएको छ, दालमा ढुसी आएर डल्ला परेको र त्यसमा किरा परेको छ ।’ सिर्दीबासका वडा अध्यक्ष रामकुमार गुरुङले भने । उहियामा प्रतिघर ७५ किलो चामल र नौं किलोे दाल दिएको थियो त्यसमा पनि कुहिएको परेको स्थानीयले बताएका छन् । पहिला प्रत्येक घरलाई १ सय ५० किलो चामल र २७ किलो दाल दिने भने पनि अहिले कम दिएको त्यसमा पनि कुहिएको परेपछि स्थानीय  दुखीत छन् ।

यातायातको पहुँचबाट टाढा र खाद्यान्न लिन बजारसम्म पुग्न बाढीपहिरो कारण समस्या भइरहेको बेला बाटो खनेको ज्यालावापत दाल, चामल पाइने भए पछि बर्खामा भोकमरी नलाग्ने आशा गरिएको थियो । तर, कुहिएको चामल, दाल परेपछि बालबच्चालाई के खुवाउने चिन्ता परेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।