0 COMMENTS

काठमाडौं ३ साउन ०७४/ भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा आव २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरिएको छ ।

नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टरलगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जिबी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

कम्पनीले शारदा मावि प्याउली भोजपुर, रत्नचुण्डेश्वर मावि पानीमुण्डे बनेपा, सगरमाथा मावि ओखलढुंगा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतीदेवी मावि सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मावि नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।