0 COMMENTS

कल्पना बोहरा –(ईमेज) साउन २ अछाम/निर्वाचन आयोगले हिजोदेखी सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिकमा आज सम्म ९६ जनाको नाम दर्ता भएको छ । ५२ जना पुरुष र ४४ जना महिलाहरुले नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जानकारी दिवएको छ ।

माघ ७ गते यता हुने प्रदेशसभा र संघीय चुनावका लागि आयोगले नामावली संकलन तथा अध्यावधिक गर्ने कार्य अघि बढाएको हो । आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको छ । प्रदेश नं ७ अन्तर्गत पर्ने अछाम जिल्लाका ६ गाउँपालिका तथा ४ नगरपालिका क्षेत्रका बासिन्दाको नयाँ मतदाता नामावली संकलन, त्रुटी सच्याँउने तथा नाम सारी गर्ने कार्य सुरु भएको छ ।

यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र र एक प्रती फोटोकपी लिई जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जाँनकारी दिए ।

पहिलो दिन जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला निर्वाचन कार्यालय अछाममा गरि कुल ४१ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी रामबहादुर माझिले जाँनकारी दिए । राजनीतिक दलहरूले भने १५ दिनको अवधि बढाएर १ महिना गर्न र बसेकै ठाउँबाट दर्ता गर्न सकिने व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।