0 COMMENTS

रमिला बस्नेत ,उदयपुर २ ,साउन०७४/ विद्युत प्राधिकरणको लापरवाहीका कारण एसियाकै ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले १० करोड घाटा व्यहोर्नु परेको छ। झण्डै १७ बर्ष पछि यो बर्ष नाफामा चलेको उद्योग पछिल्लो तीन महिना विद्युत आपुर्तिमा समस्या हुँदा १० करोड घाटामा गएको हो।

आपूर्ति समस्या हुँदा १० करोड घाटा व्यहोरे पनि उद्योग भने पूरै घाटामा नरहेको महाप्रबन्धक सुरेन्द्र पौडेलले बताएका छन् ।उनको भनाइमा ‘त्यो घाटा कटाएर पनि अहिले उद्योगमा ८ करोड रुपिँया मौजाद छ।’
प्राधिकरणले उद्योगलाई २४ घण्टा बिद्युत उपलब्ध गराउने आश्वसन दिएपनि सरदर दैनिक २० घण्टाभन्दा बढी उपलब्ध गराउन नसकेको उद्योगका नायव महाप्रबन्धक नवलकिशोर साहले बताए ।

‘२ बर्ष यता कुनै दिन पनि २४ घण्टा विद्युत आपुर्ति हुन सकेको छैन्, ‘लोडसेडिङ बाहेक विद्युत आपूर्ति भैरहेको बेला प्रत्येक २ घण्टाको अन्तरालमा छिन छिनमा लाईन जान्छ, यसरी जाने लाईन दैनिक ४ घण्टा बढि हुन आउँछ।’

पटकपटक विद्युत काटिने समस्याले सिमेन्ट उत्पादन प्रभावित हुनुकोसाथै ठूला मेसिनहरुमा समस्या आउने गरेको उद्योगका नायव महाप्रबन्धक तथा मर्मत तथा आपूर्ति महाशाखाका प्रमुख महेशप्रसाद काफ्लेले बताएका छन् ।
पिकआवरमा चलाउने भन्दै २४ घण्टा विद्युत उपलब्ध गराउने शर्तमा उद्योगले सामान्य ग्राहकभन्दा दोब्बर महशुल बुझाउने गरेको बताए । बेलुकी ५ बजेदेखि विहान ६ बजेको समयलाई पिक आवर मान्ने गरिएको छ।

यस्ता ग्राहकसँग प्राधिकरणले डेलिकेटेड फिडर भन्दै प्रति युनिट १७.५० पैसा लिने गर्दछ। उद्योगले प्राधिकरणलाई मासिक ३ करोड २० लाख रुपिँया महशुल मात्र बुझाउँछ । तर पनि विद्युत नियमित आउन सकेको छैन् महाप्रबन्धक पौडे्लले भने ।

लाईनकैकारण उद्योग सरदर महिनामा २५ देखि बढिमा २७ दिनसम्म चल्ने गरेको भनाई छ।वि.स.२०४४ सालमा स्थापित उद्योग संचालनको केही वर्ष राम्ररी संचालनमा आएको भएपनि त्यस पछि भने विभिन्न कारणले प्रभाबकारी ढंगले चल्न सकेको छैन। मुलुकमा लोडसेडिङ सुरु भएपछि त्यसको मार उदयपुर सिमेन्टले खेप्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।