0 COMMENTS

काठमाडौं २ साउन ०७४ /धादिङ खनियाबास गाउँपालिका–४ बस्ने ३० वर्षीय कुमारसिंह तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ के.जी लागू औषध चरेश सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  नेपाल एयरलाईन्सको उडानबाट थाईल्यान्ड बैकंक जान लागेका तामाङलाई चेकजाँच गर्ने क्रममा सुटकेसको पिध भागमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त लागू औषध फेला परेको हो । तामाङको साथबाट १ थान राहदानी, हवाई टिकट ३ थान र ८ सय यु.एस. डलर समेत बरामद भएको छ ।
अनुसन्धानको क्रममा तामाङलाई उक्त सुटकेस धादिङ खनियाबास–३ बस्ने रबिन गुरुङले दिएको खुल्न आएकोले गुरुङलाई काठमाडौं टोखा नगरपालिका–८ बानियाटार स्थित मेरिना रेष्टुरेन्ट अगाडिबाट प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी : धरान उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय जितेन गुरुङलाई लागू औषध लुपिजेसिक ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले जितेनको २० वर्षीया श्रीमती पुर्णिमा गुरुङलाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमो थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।