0 COMMENTS

काठमाडौ २साउन०७४/ मानव अधिकार तथा शान्ति समाजले नेपाली सेनाले रेडियो सञ्चालनका लागि पाएको अनुमति खारेज गर्न माग गरेको छ । समाजले सेनाको यस्तो क्रियाकलाप लोकतान्त्रिक मुल्य मान्यता विपरित छ भन्दै खारेजको माग गरेको हो ।

उसले सञ्चारमाध्यम सञ्चालन गर्ने सेनाको आकांक्षा राजनीतिलाई निर्देशित गर्न खोज्ने दुष्चक्रकै एउटा कडि भन्दै आपत्ति जनाएको छ ।

समाजले एक वक्तव्य जारी गर्दै राष्ट्रिय सुरक्षाको गहन अभिभारा बोकेको सेना स्वयंले पनि लोकतान्त्रिक समाजको मर्यादा र पेशागत आचार संहिताको पालना गर्दै अनावश्यक आकांक्षाबाट मुक्त भई विवादबाट टाढा रहन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।