0 COMMENTS
सुबर्ण शर्मा प्राध्यापक लमजुङ सुन्दरबजार कृषि क्याम्पस

पात्र फरक प्रबृत्ति उहीँ नेपालकाे

बिफलता राेक्याे र कसले ?

पार्टी बाेक्याे गुट बाेक्याे

याे देशकाे झन्डा बाेक्याे र कसले ?

चियायर हामीलाई लजाउदाहुन्

बलभद्र भक्ति अनि अमर पनि

जंगे पिलर बिलाउछन् सिमानामा

किल्ला ठाेक्याे र कसले ?

भारत रिझायाै पश्चिमा रिझायाै

देशै मास्याै सत्ताकाे लिस्नाे

चड्न लाई

मातृभुमिकाे अस्मिता खुलेयाम

लुट्ने लाई जेल र नेल ताेक्याे र

कसले ?

अनेक रुप अनेक भेष बहुरंगि

गिद्दहरुकाे नजर लाग्दा

मेराे देश मेराे माटाे पख्लास भनी

झाेक्याे र कसले ?

राष्ट्र हार्छ जनता मर्छ

कुम्ल्यायर रमाउने नेता मात्रै

दलाल गद्दार लेण्डुपे हाे राष्ट्रियताकाे

पाठ घाेक्याे र

कसले ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।