कल्पना बोहरा साउन १ अछाम/अछाममा झुण्डीयर आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय अछामले गत आर्थिक वर्षमा भएका काम कारवाहि वारे पत्रकार सम्मेलन गरि जाँनकारी गराउने सन्र्दभमा उक्त तथ्यंक सार्वजनिक गरेको हो । झुण्डियर आत्म हत्या गरेका २१ वटा घट्ना गत आर्थिक वर्ष ०७३÷७४ मा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको अछामका प्रहरी प्रमुख डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । आत्महत्याका घट्ना अघिल्लो आर्थिक वर्ष ०७२÷७३ मा भन्दा केही बढेको डिएसपी भट्टको भनाई छ ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाभरीमा १९ वटा आत्महत्याका घट्ना प्रहरी सम्म आएकोमा गत आर्थिक वर्षमा २ ले बढेर २१ पुगेको जनाईएको छ । आत्महत्या गर्नेमा ११ जना महिला र १० जना पुरुष रहेका जिल्ला प्रहरी कार्यालयको तथ्यंकमा उल्लेख छ । दर्ता भएका ५७ घट्ना मध्ये २६ पुरुष, १६ मलिा, १ बालक र ५ बालिका गरि ४८ जनाको मृत्यू भएको जनाईएको छ । ५७ मुद्धा मध्ये २२ वटामा महिला पिडीत रहेको पाईएको छ भने १८ वटा मुद्धा अदालतमा पेश भएका छन । पेश भएका मध्ये पनि १३ वटा फैसला भईसकेका छन । जसमा १२ वटामा जिल्ला प्रहरी कार्यालय सफल भएको र १ मुद्धामा असफल भएको पत्रकार सम्मेलनमा जनाईएको छ ।
अदालत पुगेका ५ वटा फैसला हुन बाँकी छन भने ३९ वटा अदालतमा पेश गर्न बाँकी मुद्धा रहेको डिएसपी भट्टले जाँनकारी दिए । ५७ मुद्धा मध्येमा ५ वटा कर्तब्य ज्याँन, ९ वटा भवितब्य ज्याँन, ७ वटा फुटकर ज्याँन, ३ वटा ज्याँन मार्ने उद्योग २१ वटा झुण्डि आत्म हत्या, सार्वजनिक अपराधको १, बहुबिवाहको १, सवारी ज्याँन अन्र्तगतको ४, जबरजस्ति करणीका ३, जबरजस्ति करणी उद्योगका २ र तेजाव सेवन गरेको १ मुद्धा रहेको जनाईएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा ६० वटा मुद्धा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय अछाम मातहतका प्रहरी यूनिटहरुमा गरि वर्षभरीमा जम्मा ८ सय ३४ वटा ठाडो उजुरी परेका छन । ति मध्ये ६ सय ८१ अन्य र १ सय ५३ महिला हिंसा तथा घरेलु हिंसा सम्वन्धि उजुरी रहेको देखीएको छ । ठाडो उजुरीहरुमा अधिकाँश मिलापत्रमा टुङ्ग्याईएका छन । यस्तै जिल्ला प्रहरी कार्यालय अछामले जिल्ला अदालतवाट दोषि ठहर भई फरार सुचीमा रहेका ६ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका मध्ये चोरी, बहुबिवाह, भ्रष्टाचार लगायतका मुद्धामा दोषि ठहर भएका अभियुक्त रहेको जनाईएको छ ।
यस्तै १८ जना ब्याक्ति हराएको निवेदन परेकोमा १० जना फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामले कार्यालय र मातहतका प्रहरी कर्मचारीहरु मध्ये १५ जनालाई राम्रो काम गरेवाफत पुरस्कृत गरिएको छ भने २० जना प्रहरी कारबाहीमा परेका छन । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी निरञ्जनदत्त भट्ट, प्रहरी निरिक्षक वकिल बहादुर सिंह सहित जिल्ला स्थित बिभिन्न सञ्चार माध्ययममा कार्यकरत पत्रकारहरुको सहभागिता रहेको थियो ।