0 COMMENTS

कल्पना बोहरा साउन १ अछाम/अछामको साफेबगर नगरपालीकाका नगर प्रमुख कुल बहादुर कुंवरले आफुमा आएको सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्ने बताउका छन् । साँफेबगर नगरपालीकाको नगर प्रमुुखमा आम जनताले केही आशा भरोसा गरेर निर्वाचित गराएकाले सबै जनताको भावनालाई कदर गर्दै काम गर्ने बताउनु भएको हो ।

नगरपालीको प्रमुुखमा निर्वाचित भएपछी कार्य सम्हालेको एक सातामै उहाँले जनतालाई सुुखि र समृद्ध बनाउन युवालाई रोजगारिको सृजना गरि ब्यावसायमा आत्मनिर्भर गराउने, कृषिको आधुनीकिरण गरि जडीबुुटी, पर्यटन व्यावसायलाई अघि बढाई स्वरोजगार गराई आत्म निर्भर बनाउने बताउनु भयो । साफेबगर क्षेत्र भित्र पर्ने दुर दराजका वडामा अहीले पनी विद्युत सेवा, सडक, खानेपानी जस्ता आवश्यकतामा समस्या जस्ताको तस्तै रहेकाले त्यसका लागि समेत पहल गरिने जानकारी दिनु भयो । साँफेबगरको पर्यटनका क्षेत्र, बैजनाथ धाम, खप्तड जस्ता पर्यटकिय स्थलको सँरक्षण सम्बर्धनका लागि योजना बनाईने बताउनु भयो ।

आर्थिक बिकासको मुख्य बिकासको पाटो बुढीगडा हाईडोपावर, साफेबगर मेघासिटीको कामलाई छिटो भन्दा छिटो निरन्तरता दिनका लागि पहलका साथै आग्रह गर्ने बताउनु भयो । एक अर्को प्रसँगमा उहाँले बिकास निर्माणका कार्य उपभोक्ताबाट प्रभावकारी रुपमा हुन नसकेको भन्दै आम नागरिकको गुुनासो बढी आउने गरेकाले आगामी दिनमा यसलाई चुुस्त दुुरुस्तका साथ पारदर्शिता ल्याउनका लागि राम्रो काम गर्ने पुुरुस्कार र नराम्रोलाई कारबाहीको लागि अघि बढाउने बताउनु भयो । युवाहरुले रोजगारि मागेर मात्र नभई शिक्षित युवालाई आवश्यक शिप, तालिम आर्थिक गतिविधिका लागि कार्यक्रम आफनो नगर अघि बढाउन तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।