0 COMMENTS

काठमाडौँ, १ साउन ० ७४/सरकारले आजदेखि १० लाख रूपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने नियम कडाइका साथ लागू गर्ने भएको छ । नेपालमा अनाैपचारिक अर्थतन्त्र बढ्दै गएको भन्दै सरकारले यो नियम लागू गरेको हो ।

साउन १ गतेदेखि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यकोकुनै वस्तु वा सेवाको खरिद बिक्री वा अन्य कारोवार गर्दा बैंक, वित्तीय संस्था वा बैंकिङ्ग उपकरण मार्फत गर्नुपर्ने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्न तथा वित्तीय संस्थाहरुबीचमा नगद कारोबार गर्नका लागि मात्र १० लाख रूपैयाँसम्म नगद बोक्न पाइनेछ ।यसको अर्थ १० लाखभन्दा बढीको कारोबार नै गर्न नपाइने भने होइन ।

कुनै निक्षेपकर्ता वा बचतकर्ताले खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदन दिएमा त्यो व्यहोरा र कारण मनासिब देखिएमा १० लाखकाे सीमाभन्दा बढी नगद भुक्तानी दिन पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

अघिल्लो वर्षको मौद्रिक नीतिले ३० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्था गरेको थियो । त्यसभन्दा अघि यसको सीमा ५० लाख रुपैयाँ तोकिएको थियो ।

यदि योभन्दा बढीको नगद कारोबार गरेको पाइए सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अनुसार जफत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।