0 COMMENTS

काठमाडौं, साउन १ । २३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबलको पहिलो खेलमा नेपाल युएईसँग ५–० ले पराजित भएको छ ।

युएईमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको २३ वर्षमुनिको टोलीलाई सोही उमेर समूहको घरेलु टोलीले ५–० ले हराएको हो ।   [view_video url=”IrDP0jzKHZg”]

पहिलो हाफमै ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिने प्रयास गरेपनि थप एक गोल खान पुग्यो ।नेपाल रहेको समूह ‘डी’मा युएईसँगै उज्वेकिस्तान र लेबनन रहेका छन् । नेपालले सोमबार (भोलि) उज्वेकिस्तान र बुधबार लेबननसँग खेल्ने कार्यक्रम छ ।

एसियाका ४० टोलीलाई १० समूहमा विभाजन गरेर भइरहेको छनोट चरणबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष चीनमा आयोजना हुने एसियन युथ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।