0 COMMENTS

काठमाडौं १ साउन ०७४/ हरेक वर्षझैं यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति)कारुपमा मनाइँदैछ ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिकारुपमा मनाइन्छ ।माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ ।

‘साउने संक्रान्तिका दिन कन्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने)को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ’–नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने ।साउने संक्रान्तिपछि नेपालमा चाडपर्वको लहर सुरु हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।