0 COMMENTS

महोत्तरी,३१ असार०७४/ सेभ जलेश्वरको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तरगत आज १४ औं साताको सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरीलाई सामाजिक कार्यमा योगदान पु-याएको भन्दै सम्मान गरिएको छ ।

जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीका उपरीक्षक प्रकाश श्रेष्ठसहित सातजना प्रहरी जवानलाई सम्मानित गर्दै मायाको चिनो प्रदान गरिएको हो ।

प्रहरी उपरीक्षकसँगै सशस्त्र प्रहरी हबल्दार बुद्धिलाल घलान, सशस्त्र प्रहरी सहायक हबल्दारद्वय शङ्करप्रसाद चौधरी र भक्तबहादुर माझी सशस्त्र प्रहरीका जवान विनोद कार्की, शालिग्राम पौडेल, सहदेव खत्री र हेमलाल गुरुङलाईसमेत मायाको चिनो प्रदान गरिएको छ ।

सेभ जलेश्वरले विगत १४ सातादेखि जलेश्वरको विकासको लागि सरसफाइ तथा धार्मिक तथा सार्वजनिकस्थलको जीर्णोद्वारका लागि प्रयास गर्दै आएकोमा अभियानसँगै भार्गवशर कुटी र पोखरीमा सरसफाइ तथा मन्दिर तथा पाटी,पौवा र घाट मर्मतमा सहयोग पु-याएको भन्दै उनीहरुलाई सम्मानित गरेको अभियन्ता रञ्जन भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।