0 COMMENTS

काठमाण्डाै ३१ असार २०७४ /प्रहरी प्रधान कार्यालयले रिक्त एआइजी र डीआइजी पदमा बढुवाको नाम आइतबारसम्ममा सार्वजनिक गर्ने तयारीमा जुटेको छ।
प्रहरी बढुवा समितिले शुक्रवार रातिदेखि नै बढुवा हुने प्रहरीको नाम तयारी पारिरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

आइतबारसम्म रिक्त एआइजी र समय पुगे डिएसपीसम्मको बढुवा नामावली सार्वजनिक गर्ने तयारी छ। हेडक्वार्टरले एआइजीमा बढुवाका लागि ११ जना डिआइजीको नाम सिफारिश गरिसकेको छ। हालका डिआइजी मध्येबाटै भावी आइजी चयन हुने भएकोले डिआइजी बढुवामा पनि चासो उत्तिकै छ। डिआइजीमा बढुवाका लागि एसएसपीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की लगायतको चर्को प्रतिस्पर्धा छ।

प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षक (आइजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पदमा नियुक्त गर्ने अधिकार नेपाल सरकारलाई छ। एआइजीमा बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य तथा प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिले बढुवाका लागि सिफारिस गर्ने गर्छ।

सात वटै प्रदेशमा खटिनेसहित ११ जना नेपाल प्रहरीको एआइजीमा बढुवा गर्ने तयारी भएको छ। प्रहरी कार्यालयले तयार पारेको एआइजी बढुवामा जयबहादुर चन्द, बमबहादुर भण्डारी, माधव जोशी, विजय भट्ट, देवेन्द्र सुवेदी, केशरी घिमिरे, मधु पुडासैनी, हेमन्त मल्ल, पशुपति उपाध्यायलगायत डिआइजीको नाम रहेको छ। नाम हेर्न याे लीन्क कील्क गराै 

एकसाता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भने एआइजीको ११ जना दरबन्दी रहने निर्णय गरेको थियो। प्रहरी नायब महानिरीक्षक (डीआईजी) चार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १०, प्रहरी उपरीक्षक (एसपी) १२, प्रहरी नायब उपरीक्षक (डीएसपी) ७० र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा २ सय ५० भन्दा बढी पद रिक्त छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।