0 COMMENTS

रमिला बस्नेत ,उदयपुर असार ३० /उदयपुर बाट जन्ती बाेकेर सुनसरीको पुरन्दह तर्फ हिडेकाे यात्रुवाहक बस रामपुरकाे देउराली जंगलमा दुर्घटना भएको छ ।

ना २ ख ६०५३ नम्बरको अाकृती ट्राभल्सकाे बस उदयपुरकाे  बेलका नगरपालिका ५ स्थीत रामपुरकाे देउराली जंगलकाे  माेडमा तिब्र गतिको कारण दुर्घटना भएको हाे । दुर्घटनामा गम्भीर घाइते भएका वर्ष ४ का प्रसान्त कार्की , वर्ष २५ का जेनेट राई र वर्ष २७ का गाेविन्द बस्नेतलाई धरान तर्फ लगिएको प्रहरी हवलदार शम्भु नारायण वादबले जानकारी दिएका छन् । बसमा सवार ३० मध्ये अरु यात्रु सकुशल रहेको प्रहरीको भनाइ छ । बस २ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।