0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,असार ३०/वर्तमान राज्य ब्यबस्थाको नजरमा प्रेस जगत उपेक्षित भएपनि समाज परिबर्तनकोलागि पत्रकारिता बैकल्पिक शक्ति भएकोले संक्रमणकालीन अवस्थामा पत्रकारहरुले जिम्मेवारीपूर्ण ढङ्गले कलम चलाउनुपर्ने कुरामा राजपा नेपालका स्थानीय नेताहरुले जोड दिएका छन ।

शुक्रबार गाईघाटको रामजानकी पार्टी प्यालेस जिल्ला सम्मेलन उद्घाटन समारोहमा उपस्थित वक्ताहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् । प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य कार्यक्रम संयोजक चन्दन रौनियारको सभापतित्वमा सम्पन्न प्रथम उदयपुर जिल्ला भेलालाई रामजानकी पार्टी प्यालेस को सभाकक्षमा उपस्थितहरू मा सम्वोधन गर्दै प्रमुख अतिथि राजपा नेपालका केन्द्रीय सचिव राहुल यादब (भैया जि)राजपा अध्यक्ष मण्डलको उदयपुर संयोजक खुशिलाल ठाकुर , छयाराम चौधरी , मधेसी पत्रकार समाज उदयपुर अध्यक्ष राजेस शाह ,स्थानीय पत्रकार टमपेश्वर राई ,चित्र कार्की ,राकेश नेपाल , मधेसी युवा समाजका उदयपुर अध्यक्ष सुरेश गुप्ता लगायतका बक्ताहरुले पहिचान सहितको संघीय राज्यब्यबस्था स्थापना नभइञ्जेलसम्म पत्रकारहरुले निर्धक्कसँग समाचार लेख्न नसक्ने भन्दै आन्दोलनकारी गठबन्धनको पक्षमा कलम चलाउन आग्रह गरेका छन ।

जिल्ला भेलाको बन्द शत्रबाट गाईघाटकि पत्रकार मधु ठाकुरको संयोजकत्वमा ९ सद्स्यीय प्रेस मञ्च उदयपुर जिल्ला को गठन भएको छ ।
यसैगरी सदस्यहरुमा अाकद अलि , दिेपेन्द तामाङ ,रौशनि ठाकुर ,सन्तोष साह,राजिब यादव ,अजय साह ,र महोन दास रहेका छन् । उदयपुर मा पत्रकारिताको विकास र पत्रकारहरुको क्षमता बृद्धिकालागि चाँडै आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिने नवगठित समितीका संयोजक मधु ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।