0 COMMENTS

काठमाडौं, ३०असार०७४/ सेञ्चुरी कमर्सियल बैंक (Century Commercial Bank Ltd.) ले १० बराबर ४ अनुपातको हकप्रद शेयर साउन १६ गतेबाट निष्काशन गर्ने भएको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । बैंकको उक्त हकप्रद शेयरको लागि असार २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
(१) सिभिल क्यापिटल मार्केट लिमिटेड, सीटीसी मल सुन्धारा, काठमाडौं ।
(२) सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालय ।

बैंक (CCBL) ले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद बैंकको २०७३ साल चैत ३१ मा बसेको छैठौं वार्षिक साधारणसभाले पारित गरेको थियो । सेञ्चुरीले पछिल्लोपटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । यसअघि इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार थालिसकेको बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ ।

सबै वित्तिय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद बिक्री पश्चात सेञ्चुरीको चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पूँजी आठ अर्ब पुर्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।