0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,असार २९ / बिराटनगरको मुनालपथमा आज बिहान अज्ञात ब्यक्तिले चलाएको गोलीलागेर एक महिला घाईते भएकि छिन । उदयपुर बेल्टार घर भई उपचारको लागि बिराटनगर पुगेकी ४७ बर्षिय तिना देबि बिष्टलाई अज्ञात समुहले अाज बिहान अन्दाजी ५ः०० बजेको समयमा गाेली प्रहार गरेकाे थियो । मोटरसाईकलमा आएका दुई ब्यक्तीले गोली प्रहार गरेको र उनको सातबाट नगत ११०००।(एघार हजार) समेत लुटेर लगेको घाईते बिष्टले जानकारी दिईन । बिष्टको बिराटनगरस्थीत बिराटनगर नर्सिङहोममा उपचार भैरहेको छ । बिष्टको घुडाँमुनी सामान्य चोट लागेको छ ।
 मोरङ्गका प्रहरी प्रमुख मन्दिप भन्डारीका अनुसार तिना देबि बिष्टलाई  गाेलीकाे छर्राले मात्र भेटेकाे हुनसक्ने बताए र प्रहरीले उक्त घटनाका अपराधीकाे खाेजीकार्य भर्इरहेकाे बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।