0 COMMENTS

कल्पना बोहरा,असार २९ अछाम/विश्व जनसंख्या दिवसको अवसरमा मंगलसेन नगरपालिका १ कुन्तिवण्डालीमा युवाहरुविच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला युवा संजाल अछामको आयोजना, जिल्ला समन्वय समिती र यू एन एफ पि ए अछामको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय र मालिका विकास युवा क्लव ढुंगानी संगको समन्वयमा अन्तरक्रिया  गरिएको हो । ब्यवस्थित परिवार, समृद्ध राष्टको आधार विषयक अन्तरक्रियामा मालिका विकास युवा क्लवका पदाधिकारी र अन्य युवा युवती गरि ३० जनाको सहभागिता रहेको थियो । अन्तरक्रियामा जनसंख्याको अवस्था, ब्यावस्थित परिवार र समृद्ध राष्ट निर्माणमा युवाहरुको भूमिका तथा युवा र समाज विकासका बिभिन्न विषयमाथि छलफल गरिएको थियो । छलफलका अवसरमा स्थानिय स्थरमा युवाहरुले समाज परिवर्तन र विकासका लागि खेल्नुपर्ने सकारात्मक भूमिकाका विषयमा पनि बिशेष जोड दिईएको थियो । मालिका विकास युवा क्लव ढुंगानीका सल्लाहकार नेत्र बहादुर साउदको अध्यक्षतामा भएको अन्तरक्रिया  कार्यक्रममा जिल्ला युवा संजाल अछामका अध्यक्ष होम बहादुर साउद प्रमख अतिथी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।