0 COMMENTS

काठमाडौँ, २८ असार०७४/ जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सो हत्याकाण्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिएकाछन् ।

२०५९ साल असार ३१ गते काठमाडौँको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो । श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भई जोरपाटी बस्ने चौहान र दोलखा खारे स्थायी घर भई सामाखुसी बस्ने गुरूङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो । अभियुक्त गुरुङ र चौहान अहिले जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।