0 COMMENTS

गाईघाट २८ असार ०७४ / सोमबार राति उदयपुरको त्रियुगा नगरपालिका ४ सालघारीस्थित क्रिमसन बोडिङ स्कुलको बस आगजानीको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिएको छ।

मंगलबार पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका सगरमाथा ब्युरो संयोजक सन्तोषी भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै घटनाको जिम्मेवारी लिनु भएको हो। विज्ञप्तिमा विद्यार्थीमाथि चर्को शुल्क लिएकाले संगठनले कारवाही स्वरुप आगजानी गर्नु परेको बताइएको छ।
विज्ञप्तिमा भोजपुर र खोटाङ जिल्लाका केही विद्यालयले पनि चर्को शुल्क लिएको पाइएकाले चेतावनी दिइएको बताइएको छ। क्रान्तिकारीले सोमबार राति १०ः३० बजेको समयमा स्कुलको को १ ख ५०४० नम्बरको बस विद्यालयको हाताभित्रै राखिएको अवस्थामा आगजानी गरेको थियो।
बस आगजानी गर्नु अघि उक्त समूहले गेट र भित्र रहेको बली रहेको विजुलीको वल्व झिकेर बत्ती मारेको विद्यालयका सञ्चालक सुमन चौधरीले बताउनुभयो। यता घटनाको निन्दा गर्दै निजी विद्यालयको संगठन एन प्याब्सनले प्रेस विज्ञप्ती प्रकाशित गर्दै दोषीलाई कडा कारवाही गर्ने चेतावनी दिइएको छ।अन्नपुर्ण पाेष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।