0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,असार २८ /युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत दिईने युवा प्रतिभा पुरुस्कार खाेज अनुसंधान तथा सिर्जनशील कार्यश्रेत्रमा विश्व उल्टो माेटरसाईकल यात्री चित्रकुमार कार्की पुरुस्कृत भएका हुन । केही समय अगाडि मात्रै राष्ट्रिय साहासी युवा प्रतिभा पुरुस्कार समेत कार्कीले पाईसकेका छन् ।यात्री कार्कीले लामो समय देखिन शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण लगाएतमा जनचेतना फैलाउदै अाएका छन् । यस्तै कुसल उदघाेषक टम्पसेर राईलाई समेत जिल्लाकाे नाम उच्च राखेकाे भन्दै युवा पुरुस्कार प्रदान गरिएको छ ।

उनी संगै युवा उद्यमी मनिसा दनुवार र रविन कुमरलाई पनि सम्मानित भएका छन्, दनुवार र कुमर लाई जनहि नगद १५ हजार र १० हजार सहित सम्मानित गरिएको थियो । त्यसैगरी अन्य विभिन्न क्षेत्र का युवा प्रतिभालाई समेत सम्मानित गरिएको छ, सम्मानित हुनेहरुमा सुरज विक, कुदोर्जे तामाङ, राकेश नेपाली, रोशन न्यौपाने, राजनकुमार खड्का, सविता पराजुली,र पदम बहादुर विक लाई सम्मानित गरिएको हो । उनीहरुलाई त्रियुगा नगरपालिकाका नवनिर्वाचित मियर बलदेव चौधरीले प्रमाणपत्र सहित खादा लगाएर सम्मानित गरेका हुन । युवाहरुलाई प्रोत्साहन स्वरुप युवा समितिले सम्मान गरिएको जिल्ला युवा समितिका अध्यक्ष खगेन्द्र पोख्रेलले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।